सांसद पद गएको ४ महिना पछि, पुर्वमाओवादी नेता रायमाझी आफु एमाले प्रवेश नगरेको भन्दै पुन सांसद पद नियुक्तको लागि पुगे सर्वोच्च — OSNepal

सांसद पद गएको ४ महिना पछि, पुर्वमाओवादी नेता रायमाझी आफु एमाले प्रवेश नगरेको भन्दै पुन सांसद पद नियुक्तको लागि पुगे सर्वोच्च

LC (KTM) July 28, 2021 0

काठमाडौं १३ साउन । सांसद पदबाट गएको ४ महिना पछि पुर्वमाओवादी नेता टोपबहादुर रायमाझीले आफू नेकपा एमालेमा प्रवेश नगरेको बताएका छन् । आज बुधबार पुन सांसद पद नियुक्तको लागि रिट दायर गर्न सर्वोच्च अदालत पुगेका रायमाझीले आफूले माओवादी त्याग गरी एमाले प्रवेश नगरेको दाबी गरेका हुन् ।

सर्वोच्चमा दायर गरिएको रिटमा भनिएको छ, “केपी ओलीले नेतृत्व गरेको वहाँ अध्यक्ष भएको नेकपा एमालेका आजसम्म म निवेदक औपचारिकरुपमा प्रवेश गरेको छैन । एमालेको पार्टीको सदस्यता लिएको छैन । मिति २०७८ असार २३ मा म निवेदकले निर्वाचन आयोगबाट निवेदन गरी निकालेको प्रतिलिपिअनुसार नेकपा एमाले केन्द्रीय कमिटीको सदस्यमा म छैन । नेकपा माओवादी ९एकता केन्द्र० को केन्द्रीय समिति सदस्यमा रहेको छु । सो दुवै दलको कार्य समितिको प्रमाणित प्रतिनिधि यसै निवेदन साथ पेश गरेको छु ।”

माओवादी केन्द्रको महाधिवेशन नभएको, पार्टीको आधिकारिकता नभएको, सोही पार्टीले आफूलाई स्पष्टीकरणसम्म नसोधी कारबाही गरेको कुरा मान्य हुन नसक्ने भन्दै सांसद पदबाट हटाउने निर्णय बदर गर्न माग गर्दै रायमाझी सर्वोच्च पुगेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर