काठमाडौँ १३ साउन । पुर्व माओवादीका चार नेताहरुले सांसदपदमा पुनर्वहाली गर्नुपर्ने माग सहित सर्वोच्चमा रिट दायर गरेका छन् ।
आज बुधबार नेताहरु टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले आफूहरुलाई सांसद पदमा पुनर्बहाली गर्न माग गर्दै सर्वोच्चमा रिट दर्ता गरेका हुन् । सर्वोच्चले गत फागुन २३ गते नेकपा माओवादी र एमालेलाई ब्युँताइदिएपछि तत्कालिन एमालेका प्रधानमन्त्री केपी ओलीलाई साथ दिई नेकपा प्रवेश गरेका यी चार नेताहरु अहिले यता न उताका भएका छन् ।
एमो प्रवेश गरेसँगै माओवादी केन्द्रको कारवाहीमा परी सांसद गुमाएका यीनीहरु केहि दिन अगाडी माओवादी केन्द्र खारेजको माग गर्दै निवार्चन आयोग समेत पुगेका थिए ।
दायर गरिएको रिटमा भनिएको छ ,