जसपाको केन्द्रीय कार्यकारिणी समितिको पूर्ण बैठक सुरु — OSNepal

जसपाको केन्द्रीय कार्यकारिणी समितिको पूर्ण बैठक सुरु

LC (KTM) July 28, 2021 0

काठमाण्डौ १३, साउन । जनता समाजवादी पार्टी नेपाल (जसपा) को केन्द्रीय कार्यकारिणी समितिको पूर्ण बैठक काठमाण्डौमा सुरु भएको छ । तुलसीलाल अमात्यको भवन ललितपुरमा बुधबार दिउसो पार्टी केन्द्रीय अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा बैठक बसेको हो ।

हिजो मंगलवारदेखि सुरु भएको बैठक आज सम्पन्न हुनेछ । बैठकले निर्वाचन आयोगमा सनाखत गरेका ३४ जनालाई समेटेर औपचारिक कार्यकारिणी समितिलाई पूर्णतः दिनेछ ।

पार्टीको आन्तरिक बिषयसहित सरकारमा सहभागिता, महन्थ ठाकुर-राजेन्द्र महतो समूहलाई कारवाही गर्ने नगर्ने, सम्भावित मन्त्री र मन्त्रालयको सूची, संसदीय दलको नेता ग़री अन्य पदाधिकारी चयन लगायतका एजेन्डामा छलफल केन्द्रित रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर