नेकपा एमालेका अध्यक्ष ओली थापथलीस्थित केन्द्रीय पार्टी कार्यालयमा — OSNepal

नेकपा एमालेका अध्यक्ष ओली थापथलीस्थित केन्द्रीय पार्टी कार्यालयमा

LC (KTM) July 28, 2021 0

काठमाडौँ १३ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली थापथलीस्थित केन्द्रीय पार्टी कार्यालय पुगेका छन् ।

एमाले महासचिव ईश्वर पोखरेलसहित केहि नेताहरुको साथमा पुगेका ओली आफ्नो कार्यकक्षमा छन् । आफ्नो सरकार रहँदा प्राय सबै बैठक बालुवाटारमा बस्दै आएका ओली आज पार्टी कार्यलय आएका हुन् ।

कार्यालय आउनुको मुख्य कारण खुलाइएको छैन । गत वैशाख ३ गते एमालेको पार्टी कार्यालय थापथली सारिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर