गुल्मीको मुसिकोटमा जीप दुर्घटना ३ जनाको मृत्यु , सात घाइते — OSNepal

गुल्मीको मुसिकोटमा जीप दुर्घटना ३ जनाको मृत्यु , सात घाइते

LC (KTM) July 28, 2021 0

गुल्मी १३ साउन । गुल्मीको मुसिकोट नगरपालिका-४ स्थित दोभान भन्ने स्थानमा जिप दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ ।

आज बिहान साढे ११ बजेतिर शान्तिपुरबाट सदरमुकाम तम्घासका लागि छुटेको लु १ ज ४५५९ नम्बरको जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालय गुल्मीले दिएको जानकारी अनुसार ज्यान गुमाउनेको सनाखत भने भएको छैन ।

दुर्घटना अन्य सात जना घाइते समेत भएका छन् । घाइतेहरुलाई उपचारको लागि जिल्ला अस्पताल तम्घास ल्याइँदै गरेको प्रहरीले जनाएको छ । घाइतेमध्ये एकको अवस्थामा भने गम्भिर रहेको समेत प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर