कार्यदलको नाम टुंगो लगाउन बालुवाटार नछोड्ने ओली आज नेपालको निवास जाँदै — OSNepal

कार्यदलको नाम टुंगो लगाउन बालुवाटार नछोड्ने ओली आज नेपालको निवास जाँदै

LC (KTM) May 16, 2021 0

काठमाडौं २ जेठ । नेकपामा एमालेका अध्यक्ष केपी शर्मा ओली र अर्का वरिष्ठ नेता माधव नेपालबिच आज भेटवार्ता हुँदैछ । पार्टीको समस्या समाधानको लागि गठन हुने कार्यदलका सदस्यहरुको नाम टुंगो लगाउन आज दिउँसो १ बजे भेट्ने कार्यक्रम रहेको छ ।

भेटघाट भने नेपालको निजी निवास कोटेश्वरमा हुने बुझिएको छ । नेपाल निकटका एक नेताले दिएको जानकारी अनुसार नेपाललले आफ्नो तर्फबाट कार्यदलमा बस्ने नेताहरुको नाम प्रधानमन्त्री समेत रहेका अ‍ोलीलार्य दिइसकेको बुझिएको छ ।

प्राप्त जानकारीअनुसार नेपाल पक्षको तर्फबाट कार्यदलमा भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुषाल, गोकर्ण विष्ट र रघुजी पन्तको नाम सिफारिश गरिएको छ । फुटको संघारमा पुगेको नेकपालाई जोगाउन कार्यदल गठन हुने लागेको हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर