माओवादी केन्द्रको स्थायी कमिटीको बैठक स्थगित — OSNepal

माओवादी केन्द्रको स्थायी कमिटीको बैठक स्थगित

LC (KTM) July 28, 2021 0

काठमाडौँ १३ साउन । आज दिउँसो बस्ने भनिएको नेकपा ९माओवादी केन्द्र०को स्थायी कमिटी बैठक स्थगित भएको छ । सत्तारुढ गठबन्धनको सरकारमा सहभागी हुन मन्त्री टुंगो लगाउन बस्न लागेको बैठक स्थगित भएको हो ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सत्तारूढ गठबन्धनको बैठकमा व्यस्त भएकाले दिउँसो ३ बजे लागि बोलाइएको बैठक स्थगित भएको केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जनाएका छन् ।

आज बिहान भएको गठवन्धनको बैठकमा मन्त्रीको टुंगो लगाउन दलका शिर्ष नेताहरुलाई जिम्मेवारी दिएको छ तसर्थ सकेसम्म आजै गठबन्धनका शीर्ष नेताहरुको बैठक बस्ने समेत तयारी भइरहेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर