स्वतन्त्र राष्ट्र बनाउन सिन्धुलीगढीको इतिहास महत्वपूर्ण भएको राष्ट्रपतिको भण्डारीको भनाई — OSNepal

स्वतन्त्र राष्ट्र बनाउन सिन्धुलीगढीको इतिहास महत्वपूर्ण भएको राष्ट्रपतिको भण्डारीको भनाई

LC (KTM) July 28, 2021 0

सिन्धुलीगढी १३ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले स्वतन्त्र राष्ट्र बनाउन सिन्धुलीगढीको इतिहास महत्वपूर्ण भएको बताएकी छन् ।

आज बुधबार सिन्धुलीगढीमास्थित नेपालकै पहिलो सिन्धुलीगढी युद्ध संग्रहालयको उद्घाटन गरेकी राष्ट्रपति भण्डारीले सिन्धुलीको पर्यटन बढाउन संग्रहालय निर्माणले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा राखेको बताउँदे यस्तो बताएकी हुन् ।

संग्रहालयमा वीर योद्धाको परिचय, तत्कालीन समयमा प्रयोग भएका हातहतियार राखिएको छ । डेढ वर्षको समय लगाएर बनाइएको उक्त युद्ध संग्रालय बनाउन ६ करोड ५० लाख रुपैयाँ खर्च भएको जनाइएको छ ।

उद्घाटन कार्यक्रममा प्रधानसेनापति पूर्णचन्द्र थापाले एकीकरणको क्रममा परेका पदमार्ग, किल्ला, गढी र दरबारको निर्माण गरेर गौरवमय इतिहासको सम्मान गर्दै इतिहास अभिलेखीकरणमा यो गढी कोसेढुंगा साबित हुनेबताएका छन् ।

गढी घुम्न आउनेलाई वृत्तचित्र पनि देखाइए भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर