गठवन्धनको सरकारमा मन्त्री छान्ने जिम्मा दलका शिर्ष नेतालाई — OSNepal

गठवन्धनको सरकारमा मन्त्री छान्ने जिम्मा दलका शिर्ष नेतालाई

LC (KTM) July 28, 2021 0

काठमाडौं १३ साउन । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी सत्तारुढ गठवन्धनको बैठक सम्पन्न भएको छ । आज बुधबार बिहान बसेको बैठक लगभग २ घण्टा बसेको छ ।

मन्त्रिपरिषद्लाई पुर्णता दिन बसेको आजको बैठक मनत्री छान्ने जिम्मा दलको शिर्ष नेताहरुलाई दिइएको छ । बैठकमा सहभागी भएका कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले दिएको जानकारी अनुसार अब छिट्टै मन्त्रिपरिषद्लाई पुर्णता दिइने भएको छ ।

मन्त्रिपरिषद्को विषयमा निणर्य गर्न बसेको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का ,कृष्णप्रसाद सिटौलामा,ओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डु, जसपा अध्यक्ष उपेन्द्र यादव , डा। बाबुराम भट्टराई , अशोक राई , जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी तथा नेपाल पक्षको तर्फबाट केन्द्रीय सदस्य विजय पौडेलको सहभागीता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर