यसरी फैलियो बिजय शाहीको फेक आत्मह त्याको हल्ला , उनी घरमै रहेको प्रहरीद्धारा पुष्टि — OSNepal

यसरी फैलियो बिजय शाहीको फेक आत्मह त्याको हल्ला , उनी घरमै रहेको प्रहरीद्धारा पुष्टि

LC (KTM) July 27, 2021 0

साउन १२ गते मंगलबार आज बेलुकी पख एउटा खबर सामाजिक सञ्जालमा एकदमै तिब रुपमा फैलियो । हल्ला थियो कि पछिल्लो समय आफुलाई मेमोरी किंगको रुपमा चिनाउदै आएका बिजय शाहीले आत्मह त्या गरे । यो कुरा यसरी भाईरल भयो कि उनलाई श्रद्धाञ्जली दिनेहरुको सामाजिक सञ्जाल भर भिड नै देखियो ।

सामान्य नागरिक देखी लिएर आफुलाई गन्ने मान्ने बताउँदै आएका एक दुई जना सामाजिक अभियन्ताले समेत श्रद्धाञ्जली दिन पछि परेनन् । बिजयी शाहीको आत्मह त्याको खबर छिनभरमै भाइरल भयो । यस अन्तरालमा केहीले अगाडिको उनको अन्र्तबार्तालाई आधार मानेर डिभाइन पावर प्रमाणित नभए आत्मह त्या गर्छु भन्थ्यो ग¥यो भन्ने अड्कलबाजीहरु समेत काटियो ।

कसै कसैले त आत्म चाहि गएको र मृत शरीरको प्रहरीले मुचुल्का उठाईरहेको भोली सम्म आफुमा दैबीक शक्ति छ भने पुर्न जन्म समेत हुने कुरालाई फेक आत्मह त्या संग जोड्न पनि पछि परेनन् । तर अन्ततः बिजय शाही घरमै भेटिएको खबर आएको छ । सामाजिक सञ्जाल उनको मृ त्युको खबरले रंगिए पछि प्रहरीले पनि यस बिषयमा चासो देखायो र अन्ततः घरमै आराम गरेर बसिरहेको पुष्टि गरेको छ ।

उनी कालिकोटमा भेटिएका छन् । कालिकोट जिल्ला प्रहरी कार्यालयका डिएसपी चक्रबहादुर शाहीले विजय शाहीको मृ त्युको हल्ला झुटो भएको बताएका छन् । डिएसपी शाहीका अनुसार तर उनी सामान्य बिरामी अवस्थामा रहेका छन् ।

केही स्वास्थ्यमा समस्या देखिएर अस्पताल सम्म पुगेको कुरा सत्य रहेको प्रहरी स्रोतले नै खुलाई सकेको छ । उनी अहिले आफ्नो महावै गाउँपालिका वडा नं ५ मा रहेको घरमा आराम गरिरहेको बताइएको छ । प्रहरीले झुठो समाचारका बिषयमा अनुषन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर