विराटनगरमा थप १२ कोरोना संक्रमितको मृत्यु — OSNepal

विराटनगरमा थप १२ कोरोना संक्रमितको मृत्यु

LC (KTM) May 16, 2021 0

विराटनगर २ जेठ । कोरोना संक्रमणबाट पछिल्लो १२ घण्टामा विराटनगरमा मात्र १२ संक्रमितको ज्यान गएको छ । विराटननगरको विभिन्न अस्पतालबाट उपचाररत ति संक्रमितको ज्यान गएको हो ।

ज्यान गुमाउनेमा विराटनगरस्थित कोभिड १९ उपचार केन्द्रमा विराटनगर- १ का ३४ वर्षीया महिला, विराटनगर- १४ का ६८ वर्षका पुरुष, सुनवर्षी नपगरपालिका-३ मोरङका ५३ वर्षका पुरुष रहेका छन् ।

साथै विरानटनगरकै नोबेल शिक्षण अस्पतालमा विराटनगर महानगरपालिका- ४ का ५२ वर्षका पुरुष, विराटनगर- १ का ३५ वर्षका पुरुष, बेल्टार- ५ उदयपुरका ५६ वर्षका पुरुष, पथरी सनिश्चरे- १ मोरङका ६४ वर्षकी महिला, सिराहा-६ का ६२ वर्षका पुरुष, सिराहा- ७ का ६९ वर्षका पुरुष र मोरङको सुन्दर हरैँचा- ९ की ६० वर्षकी महिलाको उपचारको क्रममा ज्यान गएको अस्पतालले जनाएको छ ।

त्यस्तैगरी, विराट अस्पतालमा सर्लाही- १ लालबन्धी का ३५ वर्षकी महिलाको र इलाम-८ का ३४ वर्षका पुरुषको उपचारकै क्रममा ज्यान गएको अस्पतालले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर