पर्साको पटेर्वा सुगौली गाउँपालिका–४ बाट २७ किलोग्राम लागुऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कर्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक रामकाजी थापाको नेतृत्वको टोलीले गाउँपालिका–४ भतौडा निवासी वासुदेव माझीलाई लागुऔषध गाँजासहित पक्राउ गरिएको हो । पक्राउ परेका माझीलाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखी थप अनुसन्धान भइरहेको पर्साका प्रवक्ता ओमप्रकाश खनालले बताउनुभयो ।
यो पनि : ओलम्पिक : एलेक्सको नयाँ राष्ट्रिय कीर्तिमान : जापानको टोकियोमा आयोजना भइरहेको ३२ औँ गृष्मकालीन ओलम्पिकअन्तर्गत पौडी खेलका एलेक्जेन्डर गाडेगार्ड शाह (एलेक्स) ले पुरुष १०० मिटर फ्रिस्टाइलमा नयाँ राष्ट्रिय कीर्तिमान कायम गर्नुभएको छ ।
टोकियोको एक्वेटिक सेन्टरमा आज भएको खेलमा हिट चरणमा एलेक्सले निर्धारित दूरी ५३.४१ सेकेन्डमा पूरा गर्दै नयाँ राष्ट्रिय कीर्तिमान कायम गर्नुभएको हो । उहाँले यसअघि आफ्नै नाममा रहेको ५५.३८ सेकेन्डको कीर्तिमान सुधार गर्नुभएको हो । एलेक्सको अर्को चरणमा पुग्ने सम्भावना भने सकिएको छ । हिट चरणबाट कम समयमा पूरा गर्ने शीर्ष १६ खेलाडीले सेमिफाइनलको यात्रा तय गर्नेछन् । एलेक्सले दक्षिण एशियाका भूटान, माल्दिभ्स र पाकिस्तानका खेलाडीसहित १० जनालाई भने पछि पार्नुभयो ।
त्यस्तै नेपालकी अर्की खेलाडी गौरिका सिंहले भोलि प्रतिस्पर्धा गर्नुहुनेछ । उहाँले १०० मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा हुनेछ । यसअघि शनिबार भएको खेलमा नेपालकी जुडो खेलाडी सोनिया भट्ट र सुटिङकी कल्पना परियार छनोट चरणबाट बाहिरिसक्नुभएको छ । सोनियाले ४८ केजी तौल समूहमा र सुटिङकी कल्पनाले १० मिटर एयर राइफलमा प्रतिस्पर्धा गर्नुभएको थियो ।