प्रभुराम शर्मालाई कार्यवाहक प्रधानसेनापतिको जिम्मेवारी दिने मन्त्रिपरिषद्को निणर्य — OSNepal

प्रभुराम शर्मालाई कार्यवाहक प्रधानसेनापतिको जिम्मेवारी दिने मन्त्रिपरिषद्को निणर्य

LC (KTM) July 27, 2021 0

काठमाडौं १२ साउन । आज बसेको मनित्रपरिषद्को बैठकले सेनामा बलाध्यक्ष र बलाधिकृत रथीको जिम्मेवारी सम्हालिरहेका प्रभुराम शर्मालाई कार्यवाहक प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय गरेको छ ।

आज मंगलबार प्रधानमन्त्रीको निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निणर्य गरेको हो । हालका प्रधानसेनापति पूर्णचन्द्र थापाले यही भदौ २५ गतेबाट अवकाश पाउँने भएकाले शर्मालाई कार्यवाहक प्रधानसेनापतिको जिम्मेवारी दिने बैठकले निर्णय गरेको हो ।

अवकाशको एक महीना अघि विदा बस्ने परम्परा अनुरुप थापा यही साउन २४ गतेबाट विदा बस्ने तयारी गरेका छन् । थापा विदा बसेबाट लागू हुने गरी शर्मालाई कार्यवाहक प्रधानसेनापतिको जिम्मेवारी दिन सिफारिस गरिएको बुझिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर