अर्थविद् डा. विश्व पौडेल राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा नियुक्त — OSNepal

अर्थविद् डा. विश्व पौडेल राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा नियुक्त

LC (KTM) July 27, 2021 0

काठमाडौँ १२ साउन । अर्थविद् डा. विश्व पौडेल राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा नियुक्त भएका छन् । आज मंगलबार बसेको सरकारको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको हो ।

सरकारको नेतृत्व लिएको दूई साता वितिसक्दा पनि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिमण्डल विस्तार गर्न सकेका छैनन् ।

आजै बसेको मन्त्रिपरिषद्को बैठकले पनि गण्डकी र लुम्बिनीमा नयाँ प्रदेश प्रमुख नियुक्तिका लागि सिफारिस समेत गरेको छ ।

हाल गण्डकी प्रदेशमा रहेकी प्रदेश प्रमुख सीता पौडेलको स्थानमा पृथ्वी मान सिंह गुरुङलाई सिफारिस गर्ने सरकारले निणर्य गरेको जनाइएको छ ।

लुम्बिनी प्रदेशका प्रदेश प्रमुख धर्मनाथ यादवको स्थानमा अमिक शेरचनलाई सिफारिस गरेको बुझिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर