राज कुन्द्रा संग जोडिएको पोर्नाेग्राफी मामलामा लगातार नयाँ अप्डेटहरु आईरहेका छन् । राज कुन्द्रालाई थप १४ दिनका लागि न्यायिक हिरासतमा राख्ने अदालतले आदेश दिईसकेको छ । साथमा यस मामलामा नयाँ खुलासा पनि आएको छ ।
पोर्न कन्टेन्टको मामला लाई लिएर जाँच गरिरहेको क्राइम ब्रान्चले आफ्नो चार्जशीटमा राज कुन्द्रा संग जोडिएको एक पावर पोइन्ट प्रजेन्टेशनका अनुसार बलीफेम कम्पनी संग हुनेवाला भबिश्यको मुनाफाको जिकिर गरेको छ । बलिफेम लाई राज कुन्द्राले एक च्याटमा आफ्नो प्लान बी बताईरहेका थिए जब हटशट एपलाई गुगल तथा एप्पलले बन्द गरि दिएको थियो ।
आउने ३ बर्षमा यति हुनेवाला थियो कमाइ
क्राइम ब्रान्चको बिशेष सुत्रका अनुसार पावर पोइन्ट प्रेजेन्टेशनमा आउने ३ बर्षमा आयको भबिश्यबाणी गरिएको थियो । जसमा सन् २०२१–२०२२ मा ग्रस रेभेन्यु ३६ करोड ५० लाख रुपैया बताईएको थियो जसमा नाफा ४ करोड ७६ लाख ५० हजार बताइएको थियो ।
त्यस्तै सन् २०२२–२३ मा ग्रस रेभेन्यु ७३ करोड रुपैया बताईएको थियो जसमा खुद नाफा ४ करोड ७६ लाख ८५ हजार रुपैया हुने कुरा बताईएको थियो । त्यस्तै सन् २०२३–२४ मा ग्रस रेभेन्यु १ अरब ४६ करोड हुने र त्यसमा खुद नाफा ३० करोड ४२ लाख १ हजार ४ सय रुपैया बताइएको छ ।