आज हल्दिवारीमा थपिए १५ कोरोना संक्रमीत — OSNepal

आज हल्दिवारीमा थपिए १५ कोरोना संक्रमीत

LC (KTM) July 27, 2021 0

हल्दिवारी ,झापा । हल्दिवारी गाउँपालिकामा आज एकैदिन १५ जना कोरोना संक्रमीत थपिएका छ्न ।

स्वास्थ्य शाखा प्रमुख पुष्कर निरौलाले दिएको जानकारी अनुसार आज ५७ जनाको एन्टिजिन परिक्षण गर्दा १५ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ ।

उनका अनुसार वडा नम्बर १ का १० जना र वडा नम्बर २ का ५ जनामा कोरोना पुष्टि भएको हो ।

हल्दिवारीमा कोरोनाको दोस्रो लहर शुरु भए यता ४४८ जनामा कोरोना संक्रमण देखिएको छ। त्यस्तै ९ जनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ भने ३९८ जना निको भएका छ्न । हाल ४१ जना सक्रिय संक्रमितहरु विभिन्न अस्पताल ,हल्दिवारीको आईसोलेसन केन्द्र तथा होम आईसोलेसनमा उपचाररत रहेको स्वास्थ्य शाखाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर