मैले देशको संकट हल गर्न व्यक्ति ओलीलाई हैन प्रधानमन्त्रीलाई ओलीलाई भेटको हुँ : भट्टराई — OSNepal

मैले देशको संकट हल गर्न व्यक्ति ओलीलाई हैन प्रधानमन्त्रीलाई ओलीलाई भेटको हुँ : भट्टराई

LC (KTM) May 16, 2021 0

काठमाडौँ २ जेठ । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सहमतिको सरकार बनाउन नमानेको बताएका छन् । भट्टराईले आज ट्वीटर मार्फत आफुले देशको संकट र महाविपत्ति उन्मुख देशलाई निकास दिन आफुले ब्यक्ति ओली हैन प्रधानमन्त्री ओलीलाई भेटेको खुलासा गरेका हुन् ।
तर आफुले वर्तमानरपूर्व प्रम बाहेकका व्यक्तिको नेतृत्वमा राष्ट्रिय सरकार बनाऊॅ भन्दा ओलीले नमानेपछि अरूलाई नभनेको बताएका छन् । अझै पनि धारा७६(५/)बमोजिम बनाउन सकिन्छ। सबेले सोचौं भन्दै आग्रह समेत गरेका छन् ।

भट्टराईले लेखेका छन्, ‘प्रमले दूतमार्फत बोलेकाले बोल्नैपर्ने भयो-महाविपत्ति उन्मुख देशलाई निकास दिन मैले व्यक्ति ओली हैन प्रम ओलीलाई भेटेकै हो।मैले वर्तमानरपूर्व प्रम बाहेकका व्यक्तिको नेतृत्वमा राष्ट्रिय सरकार बनाऊॅ भनेकै हो। उहाँले नमानेपछि अरूलाई नभनेको हुँ ।अझै पनि धारा७६९५०बमोजिम बनाउन सकिन्छ।सोचौं!’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर