देशभर कोरोनाका बिरामीको संख्या ह्वात्तै बढ्न थाले, आज मात्रै ३ हजार ८९९ संक्रमित थपिए — OSNepal

देशभर कोरोनाका बिरामीको संख्या ह्वात्तै बढ्न थाले, आज मात्रै ३ हजार ८९९ संक्रमित थपिए

LC (KTM) July 27, 2021 0

काठमाडौं । नेपालमा आज ३ हजार ८९९ संक्रमित थपिएका छन् । मंगलबार १७ हजार ५१८ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट २ हजार ७२६ जना र एन्टिजेन विधिबाट १ हजार १७३ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार आज थप १ हजार ७७८ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट ६ लाख ८५ हजार ६७३ जना र एन्टिजेन विधिबाट ५७ हजार १४४ जना संक्रमित भइसकेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट थप २० जनाको मृत्यु भएको छ । १।५ प्रतिशत मृत्युदर रहेको नेपालमा ९ हजार ७५८ जनाको मृत्यु भइसकेको छ । हालसम्म ३४ लाख ६२ हजार ३४० जनाले कोरोनाभाइरस विरुद्धको पहिलो मात्रा खोप लगाएका छन् भने १४ लाख ५७ हजार ६७० जनाले दुवै डोज खोप लगाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर