मिस इण्डिया जितेपछि उर्बशी रौतेलाले बलिउडमा सनी देओलको साथमा फिल्म सिंह साब द ग्रेट बाट डेब्यु गरेकी थिईन् । सौन्दर्यताकी मिसाईल उर्बशी रौतेलाको फिटनेसलाई लिएर सधै चर्चामा रहने गरेकी छिन् ।
उनी आफ्ना फ्यानहरुलाई सधै फिट रहनका लागि जागरुक पनि गरिरहेकी हुन्छिन् । यी अभिनेत्रीको सामाजिक सञ्जालमा फिटनेसको बारेमा यति धेरै भिडियोहरु रहेका छन् जुन उनका फ्यानहरुले मन पराएका छन् । उर्वशी आफ्नो ज्यान लाई सुन्दर र फिट राख्नका लागि सधै मेहनत गरिरहेकै हुन्छिन् ।
उनी आफ्नो वर्कआउट संगै डाइटमा पनि ध्यान दिन्छिन् । उनी फिटनेसको लागि कुनै संझौता गर्दिनन् । पर्फेट शरीररको लागि उनी जगिङ र बक्सिङमा बढी मेहनत गर्ने गर्छिन् । उनी हरेक दिन एक्सरसाईज गर्छिन् तथा वर्कआउट गरेपछि प्रोटीन शेक लिने गर्छिन् ।
उनी शरीरलाई फिट राख्नको लागि डान्सलाई पनि आफ्नो रुटिनमा समाबेश गर्छिन् । तर उनी डाइटिङमा भने त्यति बिश्वास राख्दिनन् । अभिनेत्री उर्वशी जंक फुड तथा तारे भुटेको खाना बाट भने परै बस्छिन् । उनी आफ्नो डाइटमा घरमै बनाएको खाना तथा मौसमी फलफुल आफ्नो डाइटमा राख्ने गर्छिन् ।