संसदीय दलको नेताको निर्वाचनका लागि तीन सदस्यीय निर्वाचन समिति गठन — OSNepal

संसदीय दलको नेताको निर्वाचनका लागि तीन सदस्यीय निर्वाचन समिति गठन

LC (KTM) July 27, 2021 0

काठमाडौँ १२ साउन । आज बसेको जनता समाजवादी पार्टी(जसपा)को केन्द्रीय कार्यकारिणी समितिको बैठकले संसदीय दलको नेताको निर्वाचनका लागि तीन सदस्यीय निर्वाचन समिति गठन गरेको छ ।

पार्टी कार्यालय बालकुमारीमा बसेको बैठकले यस्तो निणर्य गरेको हो । बैठकले नवराज सुवेदीको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरेको बैठकमा सहभागी एक नेताले बताए । बैठकले संसदीय दलको विधान पनि पारित गर्नुका साथै बैठकले निर्वाचन आयोग र अदालतको मुद्दामालिा हेर्ने जिम्मेवारी पार्टीका नेता प्रकाश अधिकारीलाई जिम्मेरवारी दिएको समेत जनाइएको छ ।

पार्टी आधिकारिकताको लागि हिजो भएको निवार्चन आयोगको सनाखतमा अध्यक्ष उपेन्द्र यादव पक्षले ३४ मत पाएसँगै आयोगले यादव पक्षलाई पाटीको आधिकारिकता दिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर