कांग्रेसको केन्द्रीय सदस्यता छानबिन समितिले बुझाएयो अपूर्ण प्रतिवेदन — OSNepal

कांग्रेसको केन्द्रीय सदस्यता छानबिन समितिले बुझाएयो अपूर्ण प्रतिवेदन

LC (KTM) July 27, 2021 0

काठमाडौं १२ साउन । नेपाली कांग्रेसको केन्द्रीय सदस्यता छानबिन समितिले विगतमाभन्दा कम विवाद कायम राखेको भन्दै अपूर्ण प्रतिवेदन केन्द्रिय समितिलाई बुझाएको छ ।

चार जिल्लाको विवाद समाधान गर्न नसकेपछि केन्द्रीय सदस्यता छानबिन समितिले आज मंगलबार अपूर्ण प्रतिवेदन पार्टी सभापति शेरबहादुर देउवालाई बुझाएको हो । क्रियाशील छानबिन समितिका संयोजक रमेश लेखकले प्रतिवेदन बुझाएपछि धनुषाको क्षेत्र नम्बर–४ र सर्लाहीे क्षेत्र नम्बर–२ को नयाँ क्रियाशील टुंग्याउन नसक्दा पुराना मात्रको सिफारिस गरेका छौँ ।

सप्तरी र बारा जिल्लाको नयाँ सदस्यबारे नेताहरुबाटै आवश्यक निर्णयका लागि अनुरोध गरेको बताएका छन् । तथापी लेखकले प्रतिवेदन बुझाएपछि सोही समितिका सदस्य कल्याण गुरुङले छानविनको काम नसकेको र विवाद समाधन नभएको प्रतिवेदन बुझाइएको भन्दै नोट अफ डिसेन्ट रहेको बताए थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर