उच्च अदालत पाटनबाट बलात्कारसम्बन्धी मुद्दा खेपिरहेका पूर्वसभामुख कृष्णबहादुर महराले पाए सफाइ — OSNepal

उच्च अदालत पाटनबाट बलात्कारसम्बन्धी मुद्दा खेपिरहेका पूर्वसभामुख कृष्णबहादुर महराले पाए सफाइ

LC (KTM) July 27, 2021 0

काठमाडौँ १२ साउन । संसद सचिवालयकी एक कर्मचारीलाई बलात्कार गरेको अभियोगमा बलात्कारसम्बन्धी मुद्दा खेपिरहेका पूर्वसभामुख कृष्णबहादुर महराले उच्च अदालत पाटनबाट पनि सफाइ पाएका छन् ।

आज मंगलबार न्यायाधीश माधव पोखरेल र विमल सुवेदीको इजलासले यसअघि काठमाडौं जिल्ला अदालतले दिएको फैसलालाई सदर गर्दै उनलाई सफाइ दिएको हो ।

संसद सचिवालयकी कर्मचारी रोशनी शाहीले आफुलाई जाड खाएर आएको अवस्थामा बलात्कार गर्न प्रयास गरेको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन् ।

तर, पीडित महिलाले नै जिल्ला अदालतमा उपस्थित भएर महराले बलात्कार नगरेको वयान दिएपछि जिल्ला अदालतले बलात्कारको दावीमा प्रमाण नपुग्ने भनी सफाइ दिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर