माधव नेपालले नारदमुनि माथि गरेको व्यवहारले सदियौंदेखि शासकहरुले थारुमाथि शोषण गरेको झझल्को दिलायो :सांसद चौधरी — OSNepal

माधव नेपालले नारदमुनि माथि गरेको व्यवहारले सदियौंदेखि शासकहरुले थारुमाथि शोषण गरेको झझल्को दिलायो :सांसद चौधरी

LC (KTM) July 27, 2021 0

काठमाडौं १२ साउन । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) की सांसद गंगा चौधरीले पार्टीका अर्का वरिष्ठ नेता माधव नेपाल थारु समुदायको अपमान गरेको आरोप लगाएकी छन् । आज मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद चौधरीले सांसद नारदमुनि रानालाई प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय समितिमा बाहिर जानु भनेको प्रसंगलाई लिएर नेपाल माथि यस्तो आरोप लगाएकी हुन् ।

लोकतन्त्र भनेको के बोल्न नपाउने हो र ? फरक विचार राख्दैमा निस्केर जा भन्न मिल्छ ? एउटा बराबर हैसियतको सांसदलाई निस्केर जा भन्ने ? त्यहाँ त सबैको एउटै हैसियत होईन र ? बैठकमा आक्रोश पोख्दै चौधरीले भनिन् । अन्तर्राष्ट्रिय समितिमा अधिनायकवादी चरित्र प्रदर्शन भएको सांसद चौधरीले बताएकी छन् ।

‘म थारुकी छोरी, तितो छु अनि सत्यपनि छु । सभामुख महोदय, लोकतन्त्र भनेको के हो रु म लोकतन्त्रको परिभाषा खोज्दैछु’ उनले भनिन् । संविधानले दिएको मौलिक हक हनन भएकी चौधरीले वाक स्वतन्त्रतामाथि गम्भीर आघात पुगेको दावी समेत गरेकी छन् । ‘हामीले संघर्ष गरेर ल्याएको लोकतन्त्र यस्तो हुन सक्दैन् । १० गते समितिभित्र भएको घट्नालाई समस्त थारु समूदायको अपमान भएको रुपमा लिन सकिन्छ’ उनले भनिन् ।

नेपालले नारदमुनि माथि गरेको व्यवहारले सदियौंदेखि शासकहरुले थारुमाथि शोषण गरेको झझल्को दिलाएको चौधरीले आरोप लगाएकी छन् । ‘नारदमुनि रानाको मात्रै होईन, जुन दृश्य समितिभित्र देखियो, त्यो सदियौंदेखि शासकहरुले थारुमाथि शोषण गरेको झझल्को दिलायो, सभामुख महोदय, आगामी दिनमा यस्तो घट्ना नदोहोरियोस, अब हामी थारु समूदायलाई यस्तो घट्ना स्विकार्य हुने छैन् ।’उनले भनिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर