यो संसद अब सरकारसँग डराउने होईन, सरकार यो संसद्सँग डराउनुपर्नेछ :गगन थापा — OSNepal

यो संसद अब सरकारसँग डराउने होईन, सरकार यो संसद्सँग डराउनुपर्नेछ :गगन थापा

LC (KTM) July 27, 2021 0

काठमाडौं १२ साउन । नेपाली कांग्रेसका सांसद तथा पूर्वमन्त्री गगन थापाले यो संसद सरकारसँग डराउने होईन । सरकार यो संसद्सँग डराउनुपर्नेछ । परीक्षा प्रधानमन्त्रीको मात्रै होईन, सभामुख महोदय, सभामुखको पनि भएको बताएका छन् ।

आज भएको प्रतिनिधि सभाको बैठकमा नेता थापाले प्रधानमन्त्री शेरबादुर मात्र परिक्षा होइन अब सभामुख अग्निप्रसाद सापकोटाको पनि परिक्षा भएको बताएका हुन् । केपी ओलीको सरकार जस्तो अबको सरकार हुन नपाउने भन्दै यो सरकारलाई त्यस्तो कुनै अपराध गर्ने छुट नभएको बताएका छन् ।

‘संसद्लाई हेप्ने र अदालतलाई हप्काउने, न विधि मान्ने, न विज्ञानलाई पत्याउने, स्थानीय र प्रदेश सरकारलाई पंगु बनाउने, जनताको दुहाई दिने, तर आसेपासे पोस्ने, बाहिर सिंहजस्तै गर्जने र भित्र लम्पसार पर्ने, यस्तै यस्तै परिचय बनाएर बालुवाटारबाट बार्दली पुगेको छ सरकार, जस्तो आफ्नो पार्टीले नेतृत्व गरेको सरकारले यस्तो कुनै अपराध गर्ने छुट छैन’ थापाले बैठकमा भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर