मन्त्रीज्यूले दिएको यो अभिव्यक्ति कालान्तरमा हाम्रो जिब्रोको पासो हुनेछ : महत — OSNepal

मन्त्रीज्यूले दिएको यो अभिव्यक्ति कालान्तरमा हाम्रो जिब्रोको पासो हुनेछ : महत

LC (KTM) July 27, 2021 0

काठमाडौं १२ साउन । आज मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा प्रतिनिधिसभा सदस्य गजेन्द्र बहादुर महतले अबको सरकार पनि पहिलेको जस्तो गभाडी हुने होकि भन्ने चिन्ता लागेको बताएका छन् ।

अध्यक्ष केपी ओलीको सरकारलाई गफाडीको संज्ञा दिएका महतले सभामुख तिर हेर्दै खनखन पैसदा दिउँला भन्दापनि कर्णालीमा बत्ति पुगेको छैन भने निःशुल्क विद्युत दिने कुरा नगर्दा राम्रो होला भन्दै यस्तो प्रतिक्रिया दिएका हुन् ।

उनले बैठकमा भने, ‘हाम्रो मन्त्रीज्यूले गरिबहरुलाई निःशुल्क विद्युत उपलब्ध गराउँछौं भनेर सोचेको कुरा समाचार आएको छ, झट्ट हेर्दा यो शब्द लोकप्रियजस्तो लाग्छ, तर यो शब्द कालान्तरमा हाम्रो जिब्रोको पासो हुनेछ । भर्खरै हामीले एउटा गफाडी सरकारलाई विदा गरेका छौं । अब अर्को सरकार पनि गफाडी हुने हो कि भनेर मलाई चिन्ता लागिरहेको छ, सभामुख महोदय’ ।

अहिले लोगो लुकाएर हिड्नुपर्ने अवस्था भएकाले अबको सरकारले यसको ख्याल राखी कामन गर्नुपर्ने महतको तर्क रहेको छ । ‘हामी माननीयहरु यी भुतले खाना खानेबेला तर्सिएका माननीयहरु हौं । हामी भूतले खानेबेलामा माननीय भएछौं । किनभने अगुल्टोले हानेको कुकुर विजुली चम्कँदा तर्सन्छ । त्यसो भएको हुनाले यी माननीय मन्त्री र यो सरकारले गर्दा अहिले हामीले कस्तो अवस्था भएको छ भने यो लोगो लुकाएर हिँड्नुपर्ने अवस्था छ। यसको ज्ञात अबको सरकारलाई होस्’ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर