पार्टीको आधिकारिकता पाएपछि सरकारमा सहभागिता जनाउने विषयमा जसपाले बोलायो, केन्द्रीय कार्यकारिणी समितिको बैठक — OSNepal

पार्टीको आधिकारिकता पाएपछि सरकारमा सहभागिता जनाउने विषयमा जसपाले बोलायो, केन्द्रीय कार्यकारिणी समितिको बैठक

LC (KTM) July 27, 2021 0

काठमाडौं १२ साउन । निवार्चन आयोगले पार्टीको आधिकारिकता दिएपछि आज पहिलो पटक जनता समाजवादी पार्टीको आज केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्न लागेको छ ।

बैठक अध्यक्ष उपेन्द्र यादवले आज दिउँसो २ बजे पार्टी कार्यालय बालकुमारीमा बोलाएका हुन् । बैठकमा नेपाली कांग्रेसको सरकारमा सहभागिताको विषयमा छलफल गरिने तथा भावी रणनीतिको विषयमा पनि छलफल गरिने बताइएको छ । यता अर्का अध्यक्ष महन्थ ठाकुर पक्ष भने बैठकमा सहभागिता नहुने जनाइएको छ ।

५१ जना सदस्यीय केन्द्रीय कार्यकारिणी समितिमा रहेको मा सोमबार यादव पक्षमा ३४ जना सदस्य देखिएपछि आयोगले यादव पक्षलाई पार्टीको आधिकारिकता दिएको थियो । आजै प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबिच पनि मन्त्रिमण्डल विस्तारलाई लिएर छलफल भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर