काठमाडौं । मंगलबार प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा ठूलो पानी पर्ने संभावना रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार प्रदेश १, बाग्मती र गण्डकी प्रदेशका केही तथा अन्य प्रदेशहरुका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। मनसुनी न्युन चापिय रेखा नेपालको पश्चिमी तराई भूभाग नजिक रहेकोलेदेशभरका अधिकांश स्थानमा आज वर्षाको संभावना रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौं उपत्यकामा पनि बदली भएर केही स्थानमा वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाले वर्षा हुने भनिएका स्थानमा बाढी पहिरोको संभावना रहेकाले सर्तक रहन आग्रह गरिएको छ ।