संघीयता खारेज गर्न विवेकशील साझा पार्टीका संयोजक मिश्रको प्रस्ताव, गणतन्त्र आयातित भएको टीप्पणी — OSNepal

संघीयता खारेज गर्न विवेकशील साझा पार्टीका संयोजक मिश्रको प्रस्ताव, गणतन्त्र आयातित भएको टीप्पणी

LC (KTM) July 26, 2021 0

गणतन्त्र आयातित भएको विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले दाबी गरेका छन् । उनले नेपालका लागि आएको गणतन्त्र आयातित भएको बताएका हुन् । उनले त्यतिमात्र हैन संघीयता र धर्म निरपेक्षताका सवालमा जनमत संग्रह गरिनु पर्ने पनि प्रस्ताव अघि सारेका छन् ।

छलफलका बिषय भन्दै मिश्रले सार्वजनिक गरेको प्रस्तावमा एकताको प्रतीकका रूपमा राजाको स्वीकार्यता उच्च देखिएको पनि उल्लेख गरिएको छ । उनले तयार पारेको दस्तावेजमा सङ्घीयताको नाममा सिंहदरबारको भ्रष्टाचार गाउँगाउँसम्म पुर्‍याएको, अनावश्यक रूपमा जनप्रतिनिधि तथा कर्मचारीको सङ्ख्या बढाएको उल्लेख गरिएको छ ।

उनले संघीयताको नाममा अनावश्यक रुपमा आर्थिक बोझ बढाएको शासकीय दृष्टिकोणबाट झनै भाँडभैलो फैलाएको जस्ता आरोपहरु लगाएका छन् । संघीयताले कालान्तारमा देशलाई खण्डीत पार्ने खतरा समेत रहेको उनको दस्तावेजमा जिकिर गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर