बरु आकाश खस्ला तर पार्टीमा ओली सरहको अध्यक्षको जिम्मेवारी नेपाललाई दिने सम्भावना शुन्य छ :रघुवीर महासेठ — OSNepal

बरु आकाश खस्ला तर पार्टीमा ओली सरहको अध्यक्षको जिम्मेवारी नेपाललाई दिने सम्भावना शुन्य छ :रघुवीर महासेठ

LC (KTM) July 26, 2021 0

काठमाडौं ११ साउन । नेकपा (एमाले) का स्थायी कमिटी सदस्य रघुवीर महासेठले माधव नेपाललाई अध्यक्ष केपी शर्मा ओलीसरहको अध्यक्षको जिम्मेवारी दिने सम्भावना शून्य रहेको बताएका छन् ।

ओली र नेपाल बराबर नहुने दावी गरेका महासेठले आकाश खस्ला तर पार्टीमा बराबरको दुई अध्यक्ष हुन सक्दैन् भनी ठोकुवा गरेका छन् । आज सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै महासेठले नेपाल र ओलीलाई बराबरीमा राख्न नमिल्ने टिप्पणी गरेका हुन् ।

‘यो सम्भावना शून्य छ । बरु आकाश खस्ला तर पार्टीमा बराबरको दुई अध्यक्ष हुन सक्दैन् । हाम्रो पार्टीको विधानले पनि त्यो मिल्दैन् ’ उनले भने । पार्टीमा कुनै पावर सियरिङको विषय वस्तुमा छलफल नभएको खुलासा गरेका महासेठले नेपालाई अध्यक्ष दिने कुरा असम्भव भएको बताएका छन् ।

पार्टीमा आफुले सबैभन्दा सम्मान गर्ने नेता नेपाल नै भएकाले अहिले पनि एकताको लागि आग्रह गर्ने बताएका उनले भने, ‘एमालेमा मैले सबैभन्दा बढि सम्मान र माया गर्नै नेतामा माधव कमरेड नै हो । अहिलेपनि गर्छु । एकताको लागि गम्भीर बन्नुहोस् । एकताको विकल्प छैन् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर