पार्टी एकताको लागि अब गम्भिर भएर लागि पर्ने,एक अर्कालाई आरोप प्रत्यारोप नगर्ने :माधव नेपाल पक्षको निणर्य — OSNepal

पार्टी एकताको लागि अब गम्भिर भएर लागि पर्ने,एक अर्कालाई आरोप प्रत्यारोप नगर्ने :माधव नेपाल पक्षको निणर्य

LC (KTM) July 26, 2021 0

काठमाडौं ११ साउन । नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपाल समुहको आज बसेको स्थायी कमिटी बैठक सम्पन्न भएको छ ।बैठकमा पार्टी एकताको लािग गम्भिर भएर लाग्नुपर्ने निष्कर्ष निकालेको छ ।

दुई अध्यक्षको नेतृत्वमा आगामी महाधिवेशन सम्म पार्टीलाई लैजाने गरी बैठकमा छलफल भएको छ भने, पार्टी एकताको लागि गठित कार्यदलले यस अघि प्रस्तुत् गरेको १० बुँदे सहमति प्रस्तावलाई अघि सारिएको छ ।

पार्टी एकतालाई गम्भिर रुपमा लिएको नेपाल समुहले अब एक अर्कामाथि आरोप प्रत्यारोप नगर्ने निष्कर्ष समेत निकालेको जनाइएको छ । पार्टीमा माधव नेपाललाई कुनै ठाउँ छैन भनेको अध्यक्ष केपी ओलीको अभिव्यक्ति पछि नेपाल पक्ष अब एकताको लागि गम्भिर भएर लागि पर्ने भन्दै एक अर्कालाई आरोप प्रत्यारोप नगर्ने समेत निणर्यमा पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर