मन्त्रिपरिषदको निणर्य : डिपोर्ट भएर स्वदेश फर्किएकाहरुको क्वारेन्टिन खर्च सरकारले व्यहोर्ने — OSNepal

मन्त्रिपरिषदको निणर्य : डिपोर्ट भएर स्वदेश फर्किएकाहरुको क्वारेन्टिन खर्च सरकारले व्यहोर्ने

LC (KTM) July 26, 2021 0

काठमाडौं ११ साउन । आज सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठक सम्पन्न भएको छ । आज बसेको बैठकले विदेशबाट स्वदेश फर्किएका नागरिकहरुको क्वारेन्टिन खर्च सरकारले व्यहोर्ने निर्णय गरेको छ ।

सिंहदरबारस्थित् प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको बैठकले यस्तो निणर्य गरेको हो ।
सरकार प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले बैठकको निर्णय सार्वजनिक गर्दै यसरी डिपोर्ट भएर स्वदेश फर्किएकाहरुको क्वारेन्टिन खर्चको आवश्यक प्रबन्ध श्रम मन्त्रालयले गर्ने र अर्थ मन्त्रालयले आवश्यक रकम निकासा गर्ने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर