शाही निरंकुशतामा मण्डलेका र संकटकालमा शाही सेनाका परोक्ष धम्की झेलेको 'म' बस्नेतको साइबर सेनाबाट डराउदिन — OSNepal

शाही निरंकुशतामा मण्डलेका र संकटकालमा शाही सेनाका परोक्ष धम्की झेलेको ‘म’ बस्नेतको साइबर सेनाबाट डराउदिन

LC (KTM) July 26, 2021 0

काठमाडौँ ११ साउन । लेखक खगेन्द्र संग्रौलाले एमाले नेता महेश बस्नेतको दिएको अभिव्यक्ति प्रति कटाक्ष गरेका छन् ।

नेता बस्नेतले शनिबार आयोजना भएको नेकपा एमालेको र युथ फोर्सको भ्याली कमाण्ड घोषणासभामा संग्रौलालाई लक्षित गर्दै अब चाबेलको भट्टीमा जाँड खाने बौद्धिकहरूलाई साइबर सेनाले तह लगाउने जस्ता अभिव्यक्ति दिएका थिए ।

त्यसको जवाफमा लेख संग्रौलाले भनेका छन् शाही निरंकुशतामा मण्डलेका र संकटकालमा शाही सेनाका परोक्ष धम्की झलेको ‘म’ बस्नेतको साइबर सेना लाएर तह लाउने अभिव्यक्ति प्रति आफु कत्ति पनि विचलित भएको छैन । संग्रौलाले तह लाउने बद्नाम गरेर, कुटेर हो कि मारेर हो ? यो अति उदार र सहिष्णु ओली सरको आदेशबमोजिमको धम्की त होला भन्दै ओलीतिर संकेत गरेका छन् ।

यता संग्रौलाले आफूलाई धम्की आएको ट्विट गर्दै लेखेका छन्– ‘शाही निरंकुशतामा मण्डलेका र संकटकालमा शाही सेनाका परोक्ष धम्की झेलेको थिएँ । अहिले गणतन्त्रमा माननीय महेश बस्नेतले साइबर सेना लाएर तह लाउने प्रत्यक्ष धम्की दिए । संग्रौलालो भनेका छन् , तह लाउने बद्नाम गरेर, कुटेर हो कि मारेर हो ? यो अति उदार र सहिष्णु ओली सरको आदेशबमोजिमको धम्की त होला । धन्य ओली सर ! ’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर