संघीयता खारेजीको माग गर्दै नेता मिश्रले भने, धर्म निरपेक्षतबारे जनमत संग्रह गरौँ — OSNepal

संघीयता खारेजीको माग गर्दै नेता मिश्रले भने, धर्म निरपेक्षतबारे जनमत संग्रह गरौँ

LC (KTM) July 26, 2021 0

काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले धर्म निरपेक्षतबारे जनमत संग्रह र स्थानीय निकायलाई पुनर्संरचना र सुदृढ गर्दै संघीयताको खारेजी नेपालको परिप्रेक्ष्यमा अग्रगमन भएको बताएका छन् ।

पार्टीले जारी गरेको विज्ञप्तीमा नेपालमा शिशु अवस्थामै रहेको संघीयतालाई देशले राजनीतिक, आर्थिक र भूराजनैतिक कुनै पनि दृष्टिकोणबाट धान्न सक्दैन भन्ने विज्ञ तथा आम सर्वसाधारणको कमी छैन भनी उल्लेख गरिएको छ ।

संघीयता थप भ्रष्टाचार र आर्थिक भारतको स्रोत भएको दावी गर्दै नेपालको अखण्डताको लागि घातक भनेको संघियता भएकोले संघीयता खारेज गर्नुपर्ने प्रस्ताव नेता मिश्रले विज्ञप्ती मार्फत भनेका छन् । विज्ञप्तीमा भनिएको छ ,’पार्टीले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ, ‘गोरखा जानु पर्ने मान्छे, गोरखपुरतिर हिँडेर कहिले गोर्खा पुगिँदैन। लोकतान्त्रिक अधिकारको कुरा हो, कसैलाई गोरखपुर नै प्यारो लाग्छ भने, गए हुन्छ। तर गोरखपुर त्यस्तो गन्तव्य हो जहाँ पुगिसकेपछि, मार्ग परिवर्तन गर्ने कुनै सम्भावना रहँदैन् ।’

‘संविधान निर्माण हुनुअघि संघीयताको पक्षमा देखिएका कयौँ नेता तथा सर्वसाधारणहरू समेत संघीयताले सिंहदरबारको भ्रष्टाचार गाउँगाउँसम्म पु¥याएको, अनावश्यकरूपमा जनप्रतिनिधि तथा कर्मचारीको संख्या बढाएको बताउँदै आएका थिए,’ विज्ञप्तमिा अगाडी भनिएको छ , ‘शासकीय दृष्टिकोणबाट झन् भाँडभैलो फैलाएको, संघीयताको आर्थिक बोझ अर्थतन्त्रले धान्न नसक्ने देखिँदै गएको, र दीर्घकालमा यसले देशको अखण्डतामाथि समेत प्रश्न सृजना गर्ने सम्भावना बढेको भन्दै आलोचना गर्न थालेका छन् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर