यादव र भट्टराईबाट जेलबाट छुट्याउने कमिटमेन्ट नआएपछि, चौधरी बसे तटस्थ — OSNepal

यादव र भट्टराईबाट जेलबाट छुट्याउने कमिटमेन्ट नआएपछि, चौधरी बसे तटस्थ

LC (KTM) July 26, 2021 0

काठमाडौँ ११ साउन । जनता समाजवादी पार्टी (जसपा) नेपालका निलम्वित प्रतिनिधिसभा सदस्य तथा कार्यकारिणी सदस्य रेशम चौधरी पार्टीको विवादमा तटस्थ बसेका छन् । निर्वाचन आयोगले ५१ कार्यकारिणी सदस्यलाई हेड काउन्ट गर्न आयोग बोलाएको थियो ।

जसको लागि चौधरीलाई आज नख्खु कारागारबाट निवार्चन आयोग प्रहरीको गाडीमा हालेर ल्याइएको थियो । स्रोतका अनुनार उपेन्द्र यादव पक्षमा हस्ताक्षर गर्न आएका चौधरी आयोग आइपुग्नु अगावै उपेन्द्र यादव र डा. बाबुराम भट्टराई बाहिरिसकेकाले उनी तटस्थ बसेको जनाएको छ ।

आफुलाई जेलबाट छुटाउने प्रस्ताव राखी यादव पक्षमा हस्ताक्षर गर्न आएका चौधरीले शीर्ष नेताहरुलाई नभेटेपनि तटस्थ बसेका हुन् । यादव पक्षका एक नेताले दिएको जानकारी अनुसार यादव वा भट्टराईसँग भेटेर कमिटमेन्ट गर्न लगाएर हस्ताक्षर गर्न खोजेका थिए तर चौधरी आउँदा दुबै नेता आयोगबाट बाहिरि सकेकाले आफ्नो पक्षमा हस्ताक्षर गरेन् ।

तथापी, जेलबाट उनी यावद पक्षमा नै हस्ताक्षर गर्न भनि आएका थिए । तटस्थ बसेपछि चौधरीले पार्टी एकताको लागि अध्यक्ष महन्थ ठाकुरले पहल गर्नुपर्ने समेत बताएक थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर