बलिउडमा यस्ता कतिपय फिल्महरु रहेका छन् जुन शुटिंग गर्न बर्षाै लाग्ने गरेका छन् । कथा नै कतिपय फिल्मको लामो समय लाग्ने खालको हुन्छ भने कतिपय फिल्म समय र परिस्थिती अनुसार छायांकन गर्न लामो समय लाग्ने गरेको हुन्छ ।
यस्तै भएको छ सञ्जय लीला भन्सालीको फिल्म ‘गंगूबाई काठियावाडी’ । आलिया भट्टको अभिनय रहेको यस फिल्मको छायांकन पूरा गर्न ठ्याक्कै २ वर्ष लागेको छ । यो फिल्मको छायांकन यति लामो समय सम्म लाग्नुको कारण कोरोनाको महामारी नै रहेको छ ।
शुटिंगकै दौरानमा कोरोनाका कारण यो फिल्म बिचमा रोकीएको थियो । यो चलचित्र ८ डिसेम्बर २०१९ बाट छायांकन सुरु भएको थियो । अभिनेत्री आलियाले आफ्नो यो चलचित्र एकदमै फरक रहेको बताएकी छिन् । उनले यस फिल्म बाट आफुले जिवन नै बदल्ने शिक्षा लिएको दाबी उनले गरेकी छिन् ।
‘गंगूबाई काठियावाडी’ एक माफियाकी रानीको जिवनमा आधारीत रहेको छ । कामाठीपूरामा एक वेश्यालय चलाउने गंगूबाई कोठेवालीको जीवनमा आधारित रहेको छ यो फिल्म । यो चलचित्र सञ्जय लीला भन्सालीले बनाएको फिल्म भएकोले पनि धेरैको प्रतिक्षा रहेको छ ।
अर्काे महत्वपुर्ण कुरा यस फिल्ममा अजय देवगन संग सञ्जयले २२ बर्ष पछि एक साथ काम गरेका हुन् । निर्देशक सञ्जय लीला भन्सालीसँग काम गर्न पाउनु आफ्नो अहोभाग्य भएको नायिका आलियाले बताएकी छिन् ।