पार्टीको आधिकारिकता जसले पाए पनि अध्यक्ष ठाकुरलाई भीष्म पितामहको दर्जा दिन आग्रह गर्दै, रेशम चौधरी बसे तटस्थ — OSNepal

पार्टीको आधिकारिकता जसले पाए पनि अध्यक्ष ठाकुरलाई भीष्म पितामहको दर्जा दिन आग्रह गर्दै, रेशम चौधरी बसे तटस्थ

LC (KTM) July 26, 2021 0

काठमाडौँ ११ साउन । जनता समाजवादी पार्टीको आधिकारिकता विवादमा निलम्बित प्रतिनिधिसभा सदस्या तथा कार्यकारिणी सदस्य रेशम चौधरी तटस्थ बसेका छन् ।

पार्टीको आधिकारिकता विवाद टुंग्याउन आज ५१ सदस्यीय केन्द्रीय कार्यकारिणी समितिका सदस्यलाई निवार्चन आयोगले आफ्नो सनाखत गर्न आयोग बोलाएको थियो । डिल्लीबजार कारागारबाट प्रहरीको गाडीमा आएका चौधरीले अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव मध्ये एकमा हस्ताक्षर गर्न आफ्नो नैतिकताले नदिने भन्दै तटस्थ बसेको हुन् ।

आफ्नो पक्ष विपक्ष दुवै जसपा भएकोले एकको पक्षमा मात्रै हस्ताक्षर गर्न आफ्नो नैतिकताले नदिएको चौधरीले बताएका छन् । पत्रकारहरुसँगको कुराकानीमा नेता चौधरीले महाभारतको प्रसंगलाई लिएर पार्टीको आधिकारिकता जसले पाए पनि अध्यक्ष महन्थ ठाकुरलाई भीष्म पितामहको दर्जा दिन आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर