कारागार जिवन बिताइरहेका रेशम चौधरी निवार्चन आयोग पुगे — OSNepal

कारागार जिवन बिताइरहेका रेशम चौधरी निवार्चन आयोग पुगे

LC (KTM) July 26, 2021 0

काठमाडौँ ११ साउन । जनता समाजवादी पार्टी जसपाका निलम्बित प्रतिनिधि सभा सदस्य रेशम चौधरी निवार्चन आयोग पुगेका छन् ।

पार्टीको आधिकारिकताको लागि आयोगले आज जसपाका ५१ कार्यकारिणी सदस्यहरुलाई सनाखतको लागि आयोग बोलाएको थियो । कारागार जिनव बिताइरहेका चौधरीलाईको सनाखत लिन जेल पुगेका आयोगका पदाधिकारीलाई चौधरीले आयोग नै गएर आफ्नो सनाखत दिने भनेपछि उनलाई आयोग लगिएको हो ।

प्रहरीको गाडी चढेर आयोग पुगेका चौधरीले पार्टीका अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुरसँग सल्लाह गरेर मात्र हस्ताक्षर गर्ने बुझिएको छ । कैलालीको टिकापुर घटनामा अदालतले उनलाई दोषी हठर गरेपछि उनी काठमाडौंको डिल्लीबजारस्थित सदरखोर जेलमा बन्दी जीवन विताउँदै आएका चौधरी पार्टीको आधिकारिकताको लागि आफ्नो हस्ताक्षर दिन आयोग पुगेका हुन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर