बलिउड तथा टेलिभिजन कलाकार मुकेश खन्ना हरेक ठुलो मुद्धामा आफ्नो राय प्रष्ट राख्छन् । बलिउड अभिनेत्री शिल्पा शेट्टीका पति राज कुन्द्राको पोर्नाेग्राफी केसमा गिरफ्तार भएपछि मुकेशले आफ्नो राय प्रकट गरेका छन् ।
उनका अनुसार राज कुन्द्रा या शिल्पा शेट्टी यो केसमा दोषी छन् कि छैनन् थाहा छैन तर शिल्पालाई आफ्नो पति तथा उनको बिजनेसको बारेमा १२० प्रतिशत थाहा हुनुपर्ने जिकिर गरेका छन् । भारतीय संचारमाध्यम एबीपी न्युज संगको कुराकानीको क्रममा मुकेशले यस्तो दाबी गरेका हुन् ।
उनले भने– पब्लि पब्लिक नै हो । उनीहरु जति न्युजमा आउँछ त्यति मात्र जान्दछन् । तर म यस कुराबाट धेरै खुशी छु कि आखिर यो केसको बारेमा पोल त खुल्यो । राज कुन्द्रा र शिल्पा यस केसमा दोषी छन् छैनन् मलाई थाहा छैन तर जब यो मामला बाहिर आयो यसलाई समाधान त गर्नेपर्छ ।
साँचो के हो कसैलाई थाहा छैन
मुकेश खन्नाका अनुसार जब न्युजमा यो खबर आउँछ सबैलाई लाग्छ कि दोषी हो । तर साँचो कुरा के हो कसैलाई थाहा हुन्न । उनले उदाहरणको रुपमा सुशान्त सिंह राजपुतको केसलाई दिएका छन् । उनले राज कुन्द्राको बिषयमा शिल्पालाई केही न केही जानकारी हुने किनकी उनीहरु श्रीमान् श्रीमती हुन् भनेका छन् ।
अभिनेत्री मात्र नभएर एक श्रीमतीको नाताले पनि यस केसको बारेमा बताउनु आवश्यक रहेको बताएका छन् । उनले पहिलेको समय जस्तो अहिलेको समय नभएको बताएका छन् ।
पहिला श्रीमान् श्रीमतीबीच त्यति धेरै कुरा नहुने तर अहिले श्रीमान्को बारेमा श्रीमती र श्रीमतीको बारेमा श्रीमान जानकार हुने दाबी गरेका छन् । त्यसैले पनि शिल्पालाई सबै कुरा थाहा भएको हुनुपर्ने मुकेशको दाबी छ ।