नेता शरतसिंह भण्डारी भन्छन् : आफ्नो माग र मुद्धामा अडेका हामीले कहिल्यै गलत काम गरेका छौं, न आत्मग्लानी छ — OSNepal

नेता शरतसिंह भण्डारी भन्छन् : आफ्नो माग र मुद्धामा अडेका हामीले कहिल्यै गलत काम गरेका छौं, न आत्मग्लानी छ

LC (KTM) July 26, 2021 0

काठमाडौँ ११ साउन । जनता समाजवादी पार्टी ९जसपा०को महन्थ ठाकुर पक्षका नेता शरतसिंह भण्डारीले आफ्ना पक्षमा १६ जनाको मात्र सनाखत रहेको बताएका छन् ।

५१ जना कार्यकारीणी सदस्य रहेको जसपाका ३४ जनाको सनाखत भइसकेको छ भने रेशम चौधरीले समेत कित्ता भरेको बताइएको छ । अहिले उनलाई निवार्चन आयोग ल्याउने तयारी भइरहेको छ । चौधरीसँगै यादवको पक्षमा ३५ जनाको सनाखत हुनेछ । ठाकुर पक्षमा नेता भण्डारीले हिजोसम्म एउटा बैठमा बसेर आज अर्कै तिर कित्ता परिर्वतन भएको नेताहरुलाई यसको मुल्यांकन इतिहासले गर्ने बताएका छन् ।

पार्टी विभाजन कसैको माग नभएपनि आयोगको आधिकारिकताले पछि यस विषयमा छलफल हुने समेत उनले बताएका छन् । ‘निर्वाचन आयोगको कोर्टमा बल छ । आयोगले आधिकारिकता भनेको छ, त्यो प्राप्त भएपछि के निर्णय गर्छ, हेरौं’ उनले भने ।

यता बहुमत पुगेको यादव पक्षले भने सार्वजनिक आत्मलोचना गरे पार्टीमा ठाउँ भएको बताइ सकेको छ । कुराकानीमा भण्डारीले यादवलाई आफुहरुले उद्धार गर्न र उत्पीडनमा परेकाहरुको आन्दोलनलाई बलियो बनाउन उनीसँग एकता गरेको समेत जनाएका छन् ।

आफ्नो माग र मुद्धा अडिग आफुहरुमा रत्तिभर पनि आत्मग्लानी नभएको भन्दै भण्डारीले भने , ‘हामी माग–मुद्दामा अडेका छौं । न हामीले कहिल्यै गलत काम गरेका छौं, न आत्मग्लानी छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर