यादव पक्षमा ३५ र ठाकुर पक्षमा १६ जना कार्यकारिणी सदस्य मात्र सनाखत अब पार्टीको आधिकारिकता कसलाई ? — OSNepal

यादव पक्षमा ३५ र ठाकुर पक्षमा १६ जना कार्यकारिणी सदस्य मात्र सनाखत अब पार्टीको आधिकारिकता कसलाई ?

LC (KTM) July 26, 2021 0

काठमाडौा ११ साउन । ५१ जना कार्यकारिणी सदस्य जनता समाजवादी पार्टीमा अध्यक्ष उपेन्द्र यादवको पक्षमा ३५ जनाले सनाखत गरेका छन् । भने महन्थ ठाकुर पक्षमा १६ जनाले सनाखत गरेका छन् ।

३४ जनाको सनाखतको रहेको यादव पक्षमा ठाकुर निकट मानिएका कारागार जिवन बिताइरहेका प्रतिनिधि सभाका सदस्य रेशम चौधरीले किता फेरेक बुझिएको छ । जसले गर्दा यादवको पक्षमा ३५ जनाको सनाखत भएको हो । चौधरीले यावदको पक्षमा सनाखत गर्ने बुझिएको छ ।

अहिले उनलाई निवार्चन आयोग ल्याउने तयारी भइरहेको छ । सनाखत गर्न आज आयोगका पदाधिकारी जेलमै पुग्दा उनले आयोगमै गएर सनाखत गर्ने अडान लिएपछि अहिले उनलाई आयोग ल्याउने तयारी भइरहेको हो ।

यता, ठाकुर समूहमा रहेका नेता शरतसिंह भण्डारीले आफ्नो पक्षमा १६ जनाको मात्र सनाखत भएको जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर