ठाकुर पक्षका नेता सुरेन्द्र झा भन्छन्, 'आज हामी अल्पमतमा छौं, तर भोलि हामी नै बहुमतमा हुन्छौँ' — OSNepal

ठाकुर पक्षका नेता सुरेन्द्र झा भन्छन्, ‘आज हामी अल्पमतमा छौं, तर भोलि हामी नै बहुमतमा हुन्छौँ’

LC (KTM) July 26, 2021 0

काठमाडौँ ११ साउन । जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्षका नेता डा। सुरेन्द्र झाले अध्यक्ष उपेन्द्र यादव पक्षमा गएकाहरु भोलीका दिनमा आफ्नो पक्षमा आउने दावी गरेका छन् ।

आज पार्टीको आधिकारिकता सम्बन्धि विवाद समाधान गर्न निवार्चन आयोग पुगेका नेता झाले आज आफुहरु अल्पमतमा परेपनि भोली आफुहरुको बहुमत पुग्ने भन्दै यस्तो प्रतिक्रिया दिएका हुन् । ‘आज हामी अल्पमतमा छौं, भोलि हामी बहुमतमा हुन्छौं । जो साथीहरु आज जानु भएको छ, भोलि हामीसँगै आउनुहुन्छ भन्ने विश्वस्त छौं ।’ उनले भने ।

आफ्नो पक्षले मधेस, थरुहट, आदिवासी जनजाति, दलित, महिला, मुस्लिम र पिछडिएको वर्गको नेतृत्व गर्ने भएकाले भोलीका दिनमा सबै साथीहरु आफ्नोे पक्षमा आउने उनको दावी रहेको छ । सञ्चार माध्यमसँगको कुराकानी मा नेता झाले निवार्चन आयोगको निणर्यलाई सहजै स्विकार गर्ने पनि जनाएका छन् ।

आफुहरु जनताको बिचमा भएकाले जनताको बिचमा नै जाने उनले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर