महन्थ ठाकुरतिर संकेत गर्दै उपेन्द्रले भने -बाटो सच्याएर सार्वजनिक आत्मालोचना गरे पार्टीमा ठाउँ दिइन्छ — OSNepal

महन्थ ठाकुरतिर संकेत गर्दै उपेन्द्रले भने -बाटो सच्याएर सार्वजनिक आत्मालोचना गरे पार्टीमा ठाउँ दिइन्छ

LC (KTM) July 26, 2021 0

काठमाडौं ११ साउन । पार्टीको आधिकारिकता सनाखत गर्न निवार्चन आयोग पुगेका जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले बाटो बिराएकाहरु सच्चिएर आएमा ठाउँ दिने बताएका छन् ।

आज आयोगले दिएको निर्देशन अनुसार पार्टीको आधिकारिकता सनाखत गरी फर्किने क्रममा नेता यादवले यस्तो प्रतिक्रिया दिएका हुन् । अध्यक्ष महन्थ ठाकुरहरु आफै बाटो विराएर गएकाले यदि सार्वजनिक रुपमा आत्मलोचना गर्छन् भने पार्टीमा उनीहरुको लागि ठाउँ भएको समेत यादवले बताएका छन् ।

‘उहाँहरु आफैँ बाटो बिराएर जानुभएको हो’ यादवले भने , ‘बिराएको बाटो सच्याएर र सार्वजनिक आत्मालोचना गरेर आए पार्टी हो ठाउँ दिन्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर