जसपाका कार्यकारिणी समिति सदस्यको ‘हेड काउन्ट’ सुरु, आजै पार्टीको आधिकारिकताको निणर्य हुने — OSNepal

जसपाका कार्यकारिणी समिति सदस्यको ‘हेड काउन्ट’ सुरु, आजै पार्टीको आधिकारिकताको निणर्य हुने

LC (KTM) July 26, 2021 0

काठमाडौँ ११ साउन । पार्टीको आधिकारिकता सम्बिन्धि विवाद समाधान गर्न जनता समाजवादी पार्टी (जसपा) केन्द्रीय कार्यकारिणी समिति सदस्यको सनाखत हुन सुरु भएको छ । निवार्चन आयोगले आज जसपाका कार्यकारिणी समिति सदस्यको सनाखत सुरु गरेको हो ।

जेलमा रहेका जसपाका नेता रेशम चौधरीलाई समेत आयोगका पदाधिकारीहरु जेलमा सनाखन लिन जाने भएका छन् । सनाखत गर्नको लागि अध्यक्षद्धय महन्थ ठाकुर , उपेन्द्र यादव तथा बाबुराम भट्टराई लगायतका नेताहरु आयोग पुगेका छन् । एको हो । हुन थालेको छ । निर्वाचन आयोगमा जसपाका कार्यकारिणी समिति सदस्यको सनाखत सुरु भएको हो ।

निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले दिएको जानकारी अनुसार जसपाका कार्यकारिणी समिति सदस्यको ‘हेड काउन्ट’ सुरु भएको छ । आजै पार्टीको आधिकारिकताको निणर्य हुने जनाइएको छ । केपी ओली सरकार रहँदा ओलीलाई साथ दिँदा फुटको संघारमा पुगेको जसपा कांग्रेस नेतृत्वको सरकार आज आधिकारिकताको लागि सनाखत गर्दै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर