काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । सार्वजनिक विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ९६ पैसा र बिक्रीदर ११७ रुपैयाँ ५६ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिददर १६४ रुपैयाँ ४५ पैसा र बिक्रीदर १६५ रुपैयाँ २९ पैसा रहेको छ ।
यसैगरी युरो एकको खरिददर १४१ रुपैयाँ ६४ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३७ पैसा रहेको छ । कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ७३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।