भारतको हिमाञ्चल प्रदेशमा भिषण पहिरो : पहिरोमा परेर मृत्यु हुनेको संख्या ९ पुग्यो, ४ घाइते — OSNepal

भारतको हिमाञ्चल प्रदेशमा भिषण पहिरो : पहिरोमा परेर मृत्यु हुनेको संख्या ९ पुग्यो, ४ घाइते

LC (KTM) July 26, 2021 0

काठमाडौं । भारतको हिमाञ्चल प्रदेशमा ठुलो पहिरो गएको छ । साग्लाको किननाउर जिल्लामा गएको चट्टानी पहिरोले उक्त क्षेत्रमा ठुलो क्षति भएको छ ।

पहिरोमा परेर अहिलेसम्म ९ जनाको मृत्यु भइसकेको छ भने ४ जना घाइते भएका छन् । भारतिय मिडियाका अनुसार पहिरोमा परेर ज्यान गुमाउनेमा ७ जना पर्यटक रहेका छन् । उक्त क्षेत्रमा माथिबाट ठुलो चट्टान खसेको थियो । उक्त चट्टानले लागेर त्यहाँको एक पुल पनि भाँचिएको जनाइएको छ । पुल भाँचिएपछि त्यहाँका मानिसहरुलाई आवतजावतमा समस्या भएको छ ।

यो पनि : भारतमा बर्षापछिको बाढी पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १२४, उद्धार कार्य जारीे : भारतमा भारी मनसून वर्षाको कारण उत्पन्न बाढी र पहिरोबाट मृत्यु हुनेको सङ्ख्या आइतबार १२४ पुगेको छ भारतीय अधिकारीले पुष्टि गरेका छन् । अरु दर्जनौं हराइरहेकाको खोजीका लागि उद्धारकर्मीहरू जुटिरहेको बताइएको छ ।

भारतको पश्चिमी क्षेत्रमा बिहीबारदेखि मुसलधारे वर्षा भएको छ । भारतीय मौसम विज्ञान विभागले आउँदो केही दिनमा थप वर्षा हुने भन्दै सावधानी अपनाउन आग्रह गरेको छ । महराष्ट्र राज्यमा बिहीबार मुम्बईको दक्षिणमा रहेको ताल्यको पहाडी गाउँमा ठूलो पहिरोमा परी ४० जनाको मृत्युसहित राज्यभर ज्यान गुमाउनेको सङ्ख्या ११४ पुगेको छ ।

पहिरोमा दर्जनभन्दा बढी घरहरू परेका थिए भने पहिरोमा परी कम्तीमा ९९ जना हराइरहेको बताइएको छ । चिप्लुनका केही भागहरूमा बिहीबार निरन्तर २४ घण्टाको बर्षापछि पानीको तह २० फिट (छ मिटर) सम्म पुगेको र सडक तथा घरहरू डुबाएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

बर्षापछिको डुबानका कारण बिद्यूत् आपूर्ति अवरूद्ध हुँदा कोभिड–१९ को उपचारगराइरहेका एक अस्पतालका आठ बिरामीहरूको मृत्यु भएको थियो । उनीहरूको उपचारमा भेन्टिलेटर प्रयोग भएको तर बिद्यूत् आपूर्ति काटिनासाथ उनीहरूको मृत्यु भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर