काठमाडौं, २६ मङ्सिर : एसिसी यू–१९ एसिया कप क्रिकेटअन्तर्गत आज भारतविरुद्धको खेलमा नेपालले टस हारेर पहिले ब्याटिङको निम्तो पाएको छ । खेल दुबईको आइसिसी एकेडेमी ओभल–२ क्रिकेट मैदानमा हुँदैछ ।
नेपाल यसअघि भएको पहिलो खेलमा पाकिस्तानसँग ७ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा अफगानिस्तानसँग ७३ रनले पराजित भएको थियो ।