राज कुन्द्राको केस संग जोडिएको एक ठुलो अप्डेट आएको छ । अश्ली ल फिल्म निर्माण तथा उक्त फिल्मलाई केही एप बाट प्रशारण गरीएको मामलामा जोडिएको राज कुन्द्राको अफिसमा मुम्बई प्रहरीले फेरी छानबिन गरेको छ ।
मुम्बई पुलिसको क्राइम ब्रान्चले शनिबार अंधेरी वेस्टमा रहेको राज कुन्द्राको बियान कम्पनिमा फेरी छापा मारेको छ । पुलिसले अफिसबाट एउटा लकर बरामद गरेको छ । जसमा धेरै कागजात भेटिएको छ । भेटिएको कागजात प्रहरीले बरामद गरेको छ ।
लकर कार्यस्थलमा लुकाएर राखिएको थियो । यस लकरमा बिजनेस, क्रिप्टोकरेन्सी संग जोडिएको धेरै कागजात बरामद भएको छ । हाल उक्त कागजातको अध्ययन भईरहेको छ ।
राज कुन्द्राकी पत्नी शिल्पा शेट्टी संग सोधपुछ पछि क्राइम ब्रान्चले आर्थिक गडबडीको एंगलबाट पनि जाँच गरिरहेको छ । क्राइम ब्रान्चले राज कुन्द्राले कथित पोर्न मुभीजबाट धेरै पैसा कमाएको आशंका गरेको छ ।
उक्त पैसा क्रिकेट ब्याटिंग तथा क्रिप्टोकरेन्सीमा लगानी गरेको आशंका रहेको छ । मजिस्ट्रेट कोर्टले कुन्द्रालाई पुलिसले २७ जुलाई सम्म हिरासतमा राख्न आदेश दिएको छ ।