मोरङ १० साउन । अवैध भारतीय नोट सहित प्रहरीले दूई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत उत्तरप्रदेश लखनउ बस्ने ३४ वर्षीय अतुल कुमार र सोही ठाउँ बस्ने ३५ वर्षीय संदिप सिंह रहेका छन् ।
भारतबाट नेपालतर्फ आउँदै गरेका नीजहरुमाथि शंका लागि अस्थायी प्रहरी पोष्ट मटेरुवाबाट खटिएको प्रहरीले चेकजाँच गर्दा अतुलको साथबाट ५ सय दरको २ सय थान भारतीय नोट र संदिपको साथबाट ५ सय दरको २ सय १७ थान भारतीय नोट तथा १ सय दरको २१ थान, २० दरको ५ थान, १० दरको १ थान र १ दरको ४ थान अमेरिकी डलर सहित बरामत गरेको हो ।
बरामत नोटसहित अहिले उनीहरुमाथि आवश्यक कारवाही अगाडी बढाइएको प्रहरीले जनाएको छ ।