ग्राण्डी अस्पतालमा काम गर्दै आएका फरार, रञ्जित मेडिकल काउन्सिलको प्रमाणपत्र कीर्ते गरेको आरोपमा पक्राउ — OSNepal

ग्राण्डी अस्पतालमा काम गर्दै आएका फरार, रञ्जित मेडिकल काउन्सिलको प्रमाणपत्र कीर्ते गरेको आरोपमा पक्राउ

LC (KTM) July 25, 2021 0

काठमाडौं १० साउन । मेडिकल काउन्सिल (एनएमसी)को प्रमाणपत्र कीर्ते गरेको आरोपमा प्रहरीले एक जनालार्ई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर महानगरपालिका २ बस्ने ३६ वर्षीय विजय श्याम रञ्जित रहेका छन् । उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले आज आइतबार पक्राउ गरेको हो ।

सन् २०११ चीनबाट एमबिबिएस गरेका रञ्जितले सन् २०१२ मा नेपाल आएर कीर्ते कागज बनाएर काम गर्न थालेको सुचनाको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । विदेशमा पढेर पास भए पनि नेपाल मेडिकल काउन्सिलको परीक्षा दिएर पास भएपछि मात्रै काम गर्न पाइने व्यवस्था छ ।

डाक्टर हुँ भन्ने बुझाएको नम्बर एनएमसीबाट भेरिफाई नभएको आधारमा रञ्जित पक्राउ परेका हुन् । काठमाडौंको ग्राण्डी अस्पतालमा काम गर्दै आएका रञ्जित कागजात कीर्ते भएको हल्ला चलेपछि फरार रहेका थिए ।

निजमाथि लिखतसम्बन्धी कसुरको आधारमा कारबाही गर्न जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरेको सिआइबीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर