अश्ली ल फिल्म बनाएको तथा त्यसलाई एपमा अपलोड गरेको आरोपमा राज कुन्द्राको ह्वाट्स एप ग्रुप बाट धेरै कुराहरु खुलासा भईरहेको छ । पुलिसको चाँजका क्रममा ह्वाट्स एप ग्रुपबाट एक पछि अर्काे गोप्य रहस्य खुल्दै गएका छन् । अहिले मुम्बई पुलिसको क्राइम ब्रान्चले च्याटमा दुई ब्यक्तिको पहिचान गरेको छ ।
उनीहरु बिच फण्ड रिलीज गर्ने कुरा भईरहेको थियो । क्राइम ब्रान्चले ह्वाट्सएप च्याट बाट यस केसको आरोपी अरबिन्द ठाकुर उर्फ यश ठाकुरलाई चिन्न सफल भएको छ । उनी संगै अर्का एक जनाको पनि नाम आएको छ । उनीहरुबीच भएको च्याट ७ फेब्रअरीमा भएको छ जुन बेला अभिनेत्री गहना बशिष्ठ गिरफ्तार भएकी थिईन् ।
उनीहरु दुबै बीच यस केसमा गहनाको संलग्नता तथा फण्ड्स अघि बढाउने बिषयमा बातचित भएको थियो । च्याट बाट यो पुरा थाहा पाउन सकिन्छ कि गहनाको गिरफ्तारीबाट उनीहरु डराएका थिए ।
उनीहरु यस केसमा आफ्नो नाम आउन नदिनका लागि गहनालाई जेलबाट बाहिर निकाल्ने कुरा गरिरहेका थिए । यश ठाकुर न्युफ्लिक्स नामको डिजिटल प्लाटफर्म चलाउने गरेका थिए । उनीहरु दुबै बीचको च्याटमा कुराकानी यस्तो छ
यश ठाकुर : गहना गिरफ्तार भईन् । मलाई ८ लाख रुपैया चाहियो आज राती नै उसलाई छोडाउनका लागि ।
दोस्रो ब्यक्ति : तर बैंक बाट कसरी निकाल्ने ? अहिले उसको फोन स्विच अफ रहेको छ । तपाई भन्नुहोस् के गरु ?
यश ठाकुर : मीडियाले न्युज पब्लिश गरिसक्यो, यो अब लामो लफडा भयो ।
दोस्रो ब्यक्ति : न्युफ्लिक्सको नाम आयो ?
यश ठाकुर : छैन, अहिले सम्म त आएको छैन । तर उ कोर्टमा गई भने सबैको नाम भनिदिन्छे । हट्शट्स , तिम्रो (उमेश कामत ) , न्युफ्लिक्स । उसलाई निकाल्नै पर्छ । नत्र यो आपतले कुन मोड लिन्छ । तर मेरो अनुमान अहिले पनि यहि छ , तिमि पत्ता लगाउ, जब गहना संग न्युफ्लिक्सको कुनै प्रोजेक्ट थियो कि थिएन् । यदि रोवा उर्फ यास्मीन खानले तिम्रो (उमेश कामत) , गहनाको, मुकेशको नाम लिएको भए पुलिस किन गहनाको घरमा मात्र जान्थ्यो ।
केहीबेरको गफ गाफ पछि यश ठाकुरले गहनाको गिरफ्तारीको न्युज लिंक्स पोष्ट गर्छन् जसमा उमेश कामतले भन्छन्– म सोचिरहेको छु एक महिनाको लागि सिमला जाउँ, अनि त्यहि फेरी अर्काे शुट गरौला ।
यश ठाकुर : एकदमै बेस्ट छ । तिमि सेफ भयौ भने मेरो दिमाग पनि शान्त हुन्छ ।
दोस्रो ब्यक्ति : त्यसो भए म निस्कन्छु ।